राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अस्ट्रेलिया शाखाको वार्षिक साधारण सभा एवम् विविध सांस्कृतिक कार्यक्रम हुँदै

सिड्नी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तर्गत अस्ट्रेलिया शाखाको वार्षिक साधारण सभा एवम् विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न हुने भएको छ । प्रतिष्ठान अस्ट्रेलिया शाखाले यही जुलाई २१ मा सिड्नीको झरना फंक्सन सेन्टरमा बार्षिक साधारण सभा सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय लोक गायक गायिकाहरुको बेजोड सागींतिक प्रस्तुती रहने प्रतिष्ठानका सांस्कृतिक संयोजक अमृत बरालले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए । “बार्षिक साधारण सभासगैं रमाईलो कार्यक्रम पनि आयोजना गरिएको छ उनले भने- कार्यक्रममा उपस्थित हुन सम्पूर्णलाई आग्रह गर्दछु ।” कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मुल समितिका पूर्व केन्द्रीय अध्यक्ष रमेश बि.जि.को विशेष आतिथ्यता र प्रस्तुती सगैं चर्चित लोकदोहोरी लोक गायिका निशा केसी, लोक गायकहरु प्रदिप खनाल, विक्रम शर्मा, गायक प्रबिन सापकोटा र  गोविन्द भण्डारी लगायतको  समेत प्रस्तुती रहने बताईएको छ ।