पोर्चुगलमा कांग्रेसले मनायो ,स्व. कोईरालाको आठौं स्मृति दिवश

लिस्वन,

नेपाली जनसम्पर्क समिती पोर्चुगलको आयोजनामा नेपाली राजनीतिका शिखर पुरुष, पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापती स्व. गिरिजा प्रसाद कोईराला को ८ औ स्मृति दिवसको अवसरमा एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार २१ मार्च का दिन लिस्वनमा सम्पन्न उक्त कार्यक्रममा स्व. नेता कोईरालाको तस्विरमा फुल अर्पण गर्दै दियो बालेर, नेपाली राजनितीमा उहाँको योगदानको चर्चा गरियो ।

यसै बीच सोही अवसरमा संस्थापक अध्यक्ष पुर्ण हमाल, एनआरएनए अन्तर्राष्ट्रिय परिषद का सह-कोषाध्यक्ष सोम सापकोटा, एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्की नेपाली जनसम्पर्क समिती वेलायतका सल्लाहकार कमल भण्डारी ले स्व. नेता कोईरालाको बहुआयामिक ब्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।

समितीका अध्यक्ष लक्ष्मि प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुशील शर्मा गैरे ले स्वागत र संचालन महामन्त्री विनोद घिमिरे ले गर्नु भएको थियो ।

कार्यक्रममा पोर्चुगल स्थित बिभिन्न बैचारिक, सामाजिक एवं क्षेत्रिय र जातिय संगठनहरुको उपस्थिती रहेको थियो।