लन्डन- ब्रिटिश व्यवसायिक बक्सरहरु एनआरएनए यूकेको च्यारिटीमा सहभागी हुन उत्साहित भएका छन् ।
एनआरएनए यूकेले परोपकारी कोषका लागि ३१ मार्च शनिबार साँझ अल्डरसटको एम्पाएर हलमा हुने ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’ मा बेलायतका व्यवसायिक बक्सरहरु सहभागी हुन उत्साहित भएका छन् ।
गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरको पहलमा बक्सरहरु जोन राइडर, अलान साउथवीक, एबिए च्याम्पियन कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक भिआईपी गेस्टका रुपमा आउन लागेका हुन् । यूरोपियन च्याम्पियन नेपाली आदिप राना पनि च्यारिटीमा आउने तय भएको छ ।
संयोजक गाहामगरसँग शनिबार भएको भेटमा ‘वल्ड फोर्थ टप बक्सर’ जोन राइडर र १९९६ – १९९७ एबिए बक्सिङ सेमिफाइनलिस्ट तथा फाइनलिस्ट अलानले आफूहरु नेपाली समुदायबाट निकै प्रभावित भएको बताउँदै सहभागी हुने बताए ।
च्यारिटीमा १० वटा फाइट हुनेछ । संयोजक गाहामगरले तयारी तीब्र भएको बताउदै ‘डोनेशन’ गरिदिन सबैमा अनुरोध गरेका छन् ।
डोनेशन गर्न
NRNA UK, : Lloyds Bank
Sort code – 309988
Account No – 50757760
Ref – Boxing






