– गायक अभिनाश घिसिङको ‘बादलाई…’ गीत सार्वजनिक भएको छ ।
कन्ट्री साइड एल्बमको गीतको म्यूजिक भिडियो युट्यूबमार्फत सार्वजनिक भएको हो । गीतमा आवाज, संगीत र शब्द पनि अभिनाशकै छ ।
गीतको म्यूजिक भिडियोमा ईन्द्र सापकोटा र माया सुवेदीले अनस्क्रिन रोमान्स गरेका छन् ।







