सिड्नी । गैर आवासीय नेपाली सघं एनआरएनए क्विसल्याण्ड राज्य परिषदले ‘वाल्क फर कम्युनिटी वेलयफेयर’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आफ्नो कल्याण कोषमा आर्थिक सकंलन गर्ने र समुदायको सरोकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले हरेक वर्ष गरिँदै आएको कार्यक्रम यस वर्ष १९ जुन आईतबार बिहान ७ बजेदेखि ११ बजेसम्म माउण्ट कुथामा हुने एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा क्विसल्याण्ड राज्य परिषद सयोंजक विनोद भक्त आचार्यले जानकारी दिए ।
क्विन्सल्याण्डमा नेपाली समुदायको आफ्नो मौलिक पहिचान झल्काउने नेपाली सामुदायिक केन्द्रको आफ्नो भवन बनाउने अभियानको सहयोगार्थ कार्यक्रम गर्न लागिएको उनले बताए । गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समिति एवम् नेपलिज असोसिएसन अफ क्विन्सल्याण्ड को सक्रिय सहभागिता र क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र (त्तल्ऋऋ) को अगुवाईमा यो कार्यक्रम हरेक वर्ष गरिँदै आएको छ ।
कार्यक्रममा स्थानीय समुदायको सहभागिता रहनेछ । कार्यक्रमबाट सकंलित रकमबाट अप्ठेरोमा परेका समुदायका सदस्यहरुलाई आपतकालीन सहयोग उपलब्ध गराउँदै आइएको छ । कार्यक्रम मार्फत सकंलन हुने रकमको ७०% क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको भवन निर्माण कोषमा जम्मा गरिनेछ ।
बाँकी रकम गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको कल्याण कोषमा जम्मा गरिनेछ । कार्यक्रममा उपस्थित समुदायका सदस्यहरुलाई क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको हालसम्मको प्रगति र भावी कार्यक्रमको वारेमा जानकारी गराइने लण्डन नेपाल न्यूजलाई आचार्यले बताए ।
कार्यक्रममा सहभागी भएर स्थानीय नेपाली समुदायको साझा कार्यक्रम प्रति एक्यबद्धता जनाउनुका साथै गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया र स्थानीय सामुदायिक संस्थाहरुको साझा पहलमा सहयोग गरिदिन समेत उनले सबैसगं अनुरोध गरेका छन् ।
कार्यक्रममा सहभागी हुन बालबालिका तथा नेपालबाट आउनुभएका अभिभावकहरुलाई निशुल्क,बिद्यार्थीहरुहरुलाई १० डलर, वयस्क व्यक्तिहरुलाई ५० डलर, परिवार सहित १०० डलर तोकिएको छ । सहभागिताहरुलाई टिशर्ट र खाजाको ब्यबस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुन नाम दर्ताको लागी यो लिंक थिच्नुहोस् ।






