तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर शुक्रबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साइबर कन्फ्रेन्सको आयोजना ग¥यो ।
एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङको संयोजकत्वमा सम्पन्न भएको कन्फ्रेन्समा पीडित विद्यार्थीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो । छलफलमा पीडित विद्यार्थीलाई ४० डलर मूल्य बराबरको दाल चामल उपलब्ध गराउन सहमत भएका छन् । उक्त राहत प्याकेजमा एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशव कँडेलले अत्याबस्यक सामाग्री थप्नुपर्ने प्रस्ताव राखेका थिए । कार्यक्रम संयोजक गुरुङले राहत प्याकेजमा दाल चामलमा नुन र चिनी रहेको र यस्ले एक महिना सम्म पुग्ने बताए ।
२ घन्टा ३५ मिनेट चलेको उक्त साइबर कन्फ्रेन्समा राहत प्याकेज ब्यापक छलफल भए पनि भीषा थप्नपर्ने विद्यार्थीहरुलाई कन्सेल्टेन्सीहरु के कस्तो सुबिधा दिने र कसरी सहज रुपमा भिषा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा कसैले चर्चा गर्न चाहेनन । एनआरएनले उपलब्ध गराएको २० हजार डलरको राहत भने यसअघि नै वितरण गरिसकेको छ । साइबर कन्फ्रेन्समा एनआरएन ओसियाना संयोजक होम पाण्डे, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोख्रेल ,नारी निकुञ्जकी सचिव सुकिर्त्ति भट्ट, न्यू साउथ वेल्स राज्य परिषद्का सचिव दीपक पहारी, सहसचिव तीर्थराज कार्की, युवा संयोजक अरुण गौतम, , सहसंयोजक चुन्ना क्षेत्री, वमन फोरमकी समिता गुरुङ, एक्काका अध्यक्ष परशुराम अधिकारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।






