तक्दीर अधिकारी
सिड्नी । नेपालको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिड्नीमा दमदार प्रस्तुति रहने भएको छ । सार्क होटलमा आउँदो मे १७ तारिखमा आयोजना हुने उक्त प्रस्तुतिलाई राइट एण्ड एशोसिएट्स एजेकेशन कन्र्सलटेन्सी र बिएमडब्लु एजुकेशनले प्रायोजन गरेका छन् । कार्यक्रममा रियालिटी शोका प्रमुख छ कलाकार सीडी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रृजय थपलिया, सप्तक दुत्राज, सुरेखा क्षेत्री र श्रीया राईको प्रस्तुति रहने छ ।
अनुभवी प्रस्तोता सुशील नेपालले कार्यक्रम सञ्चालन गर्ने छन् भने नेपालबाट आउने कलाकारलाई अस्ट्रेलियामा रहेका स्थानीय नेपाली कलाकारले साथ दिने आयोजकले बताएको छ । नेपालबाट आउने कलाकारको प्रवेशाज्ञा तथा अन्य व्यवस्थापन भइसकेको राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराईले बताए । अस्ट्रेलियामा हुने विभिन्न सामाजिक कार्यक्रमसँग हातेमालो गर्दै अघि बढ्ने र यसअघि पनि नेपाल फेस्टिबललगायत र अन्य कार्यक्रमको एशोसियट्सले प्रायोजन गरिसकेको उनले बताए । निर्देशक भट्टराईले भने, ‘सफल व्यवसाय मात्र नभएर सचेत नेपाली भएका कारणले नेपाली समाज, भाषा र संस्कृतिको जगेर्नामा हामीले पु-याएको योगदान सेवा मात्र नभएर हाम्रो कर्तव्य पनि हो ।’
अर्को निर्देशक पिआर अधिकारी ले अस्ट्रेलियामा भएका नेपाली भाषीलाई आफैले भोट दिएर जिताएका कलाकारको प्रस्तुति हेरेर भरपूर मनोरञ्जन लिन आग्रह गरे ।
कार्यक्रम को तयारी अन्तिम चरणमा पुगेको द भ्वाइस अफ नेपाल अस्ट्रेलिया २०१९ टुर, सिड्नीका कार्यक्रम संयोजक दिवश पोखरेलले जानकारी दिए । आगामी मे महिनाको १७ तारिख शुक्रबार को दिन साँझ सार्क होटलमा कार्यक्रम हुने पोखरेलले बताए । कार्यक्रमको टिकट मुल्य ३० डलर तोकिएको छ । सिड्नीका साथै अष्ट्रेलियाकै अन्य शहर तास्मनिया, क्यानबेरा र मेलबर्नमा कार्यक्रम आयोजना हुने जानकारी आयोजक बिएमडब्लु इभेन्ट्सका पोखरेलले जानकारी दिए ।






