सिड्नी । अस्ट्रेलियामा बसोबास गर्ने नवलपुर समुदायको पहिलो भेला गत आइतबार सम्पन्न भयो । उक्त भेलाले खेमराज पंगेनीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन ग-यो । नवगठित समितिको सचिवमा प्रज्वल भट्टराई, सहसचिवमा चिरञ्जीवी तिवारी, कोषाध्यक्षमा विष्णु सिग्देल र जनसम्पर्क प्रमुखमा कृष्ण तिवारी चयन भएका छन् । भेलाले मेघराज श्रेष्ठ र डा. बाबुराम बस्ताकोटीलाई प्रमुख सल्लाहकारमा चयन गरेको छ ।
नवलपुरबाट अस्टे«लियामा बसोबास गरी विभिन्न पेशा व्यवसायमा संलग्न मानुभावहरु भेलामा सहभागी भएका थिए । सिड्नीको टेम्पेमा रहेको केन्ड्रिक पार्कमा बीबीक्युसहित सम्पन्न भेलामा परिचयात्मक कार्यक्रमका साथै नेपाली मूलका बार्टिन क्षेत्रका संघीय संसदको निर्वाचनमा सत्तारुढ दलबाट उम्मेदवार बनेका प्रमेज श्रेष्ठलाई स्वागत तथा सफलताको शुभकामना दिइयो ।
संघीय संसदमा नेपाली मूलका उम्मेदवार प्रमेजले नेपालीहरुको समस्या माथिल्लो तहसम्म पु¥याउने भन्दै अधिकांशले हर्ष प्रकट गर्दै सफलताको शुभकामना दिए । मुख्य अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष नन्द गुरुङले तदर्थ समितिलाई बधाइ दिए । तदर्थ समितिका अध्यक्ष पंगिनीले जाति र क्षेत्रगत रुपमा नेपाली विभाजित भएर टोल समाजको गठन गर्नुभन्दा सम्पूर्ण नेपालीलाई समेटेर एउटै साझा संस्था बनाउनुपर्नेमा जोड दिए ।






