लन्डन । बेलायती राजकुमार ह्यारी पिता बनेका छन् । गएको वर्ष अमेरिकी अभिनेत्री मेग नमर्केलसँग विवाह गरेका ह्यारीले आफू छोराको पिता बनेको जानकारी दिएको बिबिसीसहितका बेलायती सञ्चार माध्यमले जानकारी दिएका छन् ।
डचेज अफ सकेक्स अर्थात ह्यारीकी श्रीमती मेगनले स्थानीय समय अनुसार सोमबार बिहान ५ बजेर २६ मिनेट जाँदा छोरा जन्माएकी हुन् । ड्युक अफ ससेक्सले आमा र नवजात सन्तानको स्वास्थ्य राम्रो रहेको बताएका छन् ।
नवजात शिशुको नाम भने सार्वजनिक गरिएको छैन । आफूहरु अझै पनि नामबारे सोचिरहेको राजकुमार ह्यारीले बताएका छन् । मेगनले ३.२ किलोग्राम तौल भएको सन्तान जन्माएको र जन्मका बेला राजकुमार ह्यारी उपस्थित रहेको बकिङ्घम प्यालेसले उल्लेख गरेको छ । राजगद्दीका लागि नवजात शिशु सातौँ स्थानमा छ । छैटौँ स्थानमा ह्यारी रहेका छन् ।






