कांग्रेस नेता सिटौलालाई मातृशोक

krishna-prasad-sitaula
काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई मातृ शोक परेको छ।

सिटौलाकी कान्छी आमा ८७ वर्षीया अप्सरादेवी सिटौलाको झापाको विर्तामोडस्थित निवासमै सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मातृशोकमा परेका सिटौला माताको अन्तिम संस्कारका लागि मंगलबार नै झापा जाँदैछन्। सिटौला माताको अन्तिम संस्कार सकेर बुधबार हुने संसदीय दलको नेता चयनको निर्वाचनमा सहभागी हुन काठमाडौं फर्किने छन्।