साना दल कसले कति तह जिते ? (हेर्नुस् सूचिसहित)

काठमाडौं– स्थानीय तह निर्वाचनमा मुलुकका अधिकांश स्थानमा मुख्य प्रतिश्पर्धा कांग्रेस, एमाले र माओवादीबीच नै भयो । त्यसमा पनि एमाले र कांग्रेस बढि प्रतिश्पर्धी देखिए भने तेस्रो स्थान कायम गरेको माओवादी कांग्रेस एमाले भन्दा निकै तल खुम्चिएको परिणामले देखायो ।
यी तीन दलबाहेकका अन्य दलका उम्मेदवार यो निर्वाचनमा नगन्य सख्यामा मात्रै निर्वाचत भए । संसदमा ३७ सिट रहेको राप्रपाले स्थानीय तहमा १ सिट मात्र जितेको छ भने संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम लगायतले दुईचार स्थानीय तह जितेका छन् ।
सत्ताको जोड घटाउमा खुवै चर्चामा आउने यी साना दलहरु स्थानीय निर्वाचनमा भने यसरी पराजित भएकी उनिहरुको प्रभाव जनस्तरमा छदैछैन भन्दा पनि अतियुक्ति हुने देखिदैन । यति हुँदाहँुदै पनि ३३४ स्थानीय तहको २३७ स्थानीय तहको परिणाम आइसक्दा संसदमा चौथो ठुलो दल रहेको (३७) सिट राप्रपाले एकमात्र स्थानीय तह जितेर लज्जास्पद अंक जोड्यो ।
राप्रपाले झापाको कचनकवल गाउँपालिका जितेको हो । त्यस्तै संघीय समाजवादी फोरम (१५ सिट संसदमा) ले २३७ तहको परिणाम आइसक्दा ६ वटा गाउँपलिकामा मात्र जितेका छन् । फोरमले नयाँ शक्तिसमेतको सहयोगमा बाँकेको नरैनापुर गाउँपालिका, कपिलबस्तुको मायादेवी गाउँपालिका, रुपन्देहीका गैडहवा, रोहिणी र मर्चवार गाउँपालिकाको प्रमुख जितेको हो ।
उता, विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले संसदमा १७ सिट रहेपनि उसले अहिलेसम्म एक नगरपालिकासहित ४ गाउँपाकिलकामा मात्रै आफ्नो उपस्थिति देखाएको छ ।
यो पार्टीले सुनसरीका दुहवी नगरपालिका र सुनसरीकै बर्जु गाँउपालिका जितेको छ भने नवलपरासीका सरवाल गाउँपालिका तथा कैलालीको जानकी गाउँपालिकामा आफ्नो उपस्थिति देखाएको छ ।

उता, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा (३)ले पनि हालसम्म दुई स्थानमामात्र आफ्नो उपस्थिति देखाएको छ । जनमोर्चा प्युठानका मुल्लरानी र झिमरुक गाउँपालिका जितेर आफ्नो उपस्थिति सुन्य हुनबाट जोगाएको हो । त्यस्तै राजपाकातर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले कपिलबस्तुबाट जितेका छन् । कपिलबस्तुको शुद्धोधन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निसार अहमद खाँ विजयी बनेका हुन् ।