काठमाडौं– गत बुधबार सम्पन्न ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमध्ये ६ वटा स्थानीय तहको मतगणना हाल स्थगित भएको छ । दलहरुवीच विवादका कारण मतगणना रोकिएका ति स्थानमा मतगणना सुचारु गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
कञ्चनपुर पुर्नवास, कैलालीको धनगढी उपमहानगर र मोरङको पथरी शनिश्चरेलगायतका गाउँपालिकामा विवादभएपछि मतगणना रोकिएको हो । ति स्थानमा सहमति गरेर पुन मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।
यस्तै निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लामध्ये १८ वटा जिल्लाको अन्तिम नतिजा आइसकेको छ । आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् ।
यसैगरी, प्रदेश नम्बर ५ मा गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नम्बर ७ मा डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको हो । अरु १७ जिल्लामा मतगणना जारी रहेको छ ।
१८ जिल्लाको नतिजा कम्प्लिट, ६ तहमा गणना स्थगित






