धनुषा, ४ कात्तिक । नेकपा (माओवादी)का अध्यक्ष एवं संयुक्त मधेसी राष्ट्रिय आन्दोलनका संयोजक मातृका यादवले पहाडी नेता भारतपुत्र भएको आरोप लगाएका छन् ।
धनुषाको सवैलामा आयोजित कार्यक्रममा बोल्दै यादवले पहाडी नेता भारतबाट आएका तथा सम्पूर्ण मधेसी एक सच्चा मधेसका पुत्र रहेको दाबी गरेका हुन् ।
परापूर्वकालदेखि अर्थात नेपाल र भारतको नाम समेत नरहेकै समयदेखि मधेस र मधेसी रहेको तथा मधेसीको नाता धर्तीसंग जोडिएको र नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले कब्जा गरिएको भन्दै मधेसी जनता मात्रै धर्ती भएको दाबी गरे ।
नेता यादवले मधेस आन्दोलनलाई सशक्त बनाउन बिरगञ्ज नाकालाइ पूर्ण रूपमा ठप्प पार्नुपर्ने बताए ।
उनले समय समयमा पहाडी नेताको चलखेल तथा बाबुरामले संविधान लेखनमा अगुवाइ गर्दै हस्ताक्षर गरि मधेसी सोझासाझा जनतालाई झुक्याउने कोसिस गरेको आरोप लगाए । ‘अब मधेसी जनताले यसको जवाफको रुपमा स्वयम सेना बनौ, हतियार संगै छ । मात्र भय हटाउन जरुरी छ,’ चेतावनी दिदै उनले भने ।







