नेपाली विद्यार्थीको हत्या

    भारतको बैंगलोरमा उच्च शिक्षा अध्ययनरत एक नेपाली विद्यार्थीको बुधबार राति हत्या भएको छ ।
झापाको विर्तामोड नगरपालिका–१ का २४ वर्षीय प्रशान्तझाको हत्या भएको परिवारका सदस्यले बताएका छन् ।

 झा भारतको बैंगलोरस्थित अक्सफोर्ड इन्जिनियररिङ कलेजमा सिभिल इन्जिनियररिङ पढ्दै थिए । बुधबार राति परिवारजनसँग कुरा गरेको केही समयपछि स्थानिय अस्पतालका चिकित्सकले झाको टाउकाको शल्यक्रिया गर्न लागिएको भन्दैन परिवारजनसँग अनुमति मागेका थिए । त्यसको आधा घन्टापछि उनको मृत्यु भएको खवर आएको थियो ।

 centers-bangaloreकलेजको होस्टलमा बस्दै आएका झालाई माथिबाट खसालेर हत्या गरिएको प्रारम्भिक
जानकारी आएको उनका नातेदार निरज झाले बताएझाको हत्याबारे कलेज प्रशासनले अहिलेसम्म परिवारजनलाई औपचारिक जानकारी दिएको छैन ।प्रतिभाशाली विद्यार्थी झाको हत्या भएपछि परिवार र साथीभाइ शोकमा डुबेका छन् ।