टाटासुमो दुर्घटना, ४ को मृत्यु

मकवानपुरको भिमफेदीमा शुक्रबार दिउँसो टाटासुमो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

हेटौडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२७५ नम्बरको टाटा सुमो भिमफेदी-८ जुरीखेतमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृतकहरुको सनाखत हुन नसकेको प्रहरी निरीक्षक अशोक कुमार झाले जानकारी दिए ।