शिब भण्डारी
लन्डन।गुल्मी जिल्ला समाज यूकेमा मञ्जु भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।आइतबार अल्डरसटमा सम्पन्न समाजको आठौं अधिवेशनले भण्डारीको नेतृत्वमा समाजको नवौं कार्यसमिति निर्वाचित भएको हो ।समितिको उपाध्यक्षमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे,महासचिव महलाल घिमिरे,सचिव राधा खरेल,कोषाध्यक्षमा अर्जुन बस्नेत र सह–कोषाध्यक्षमा माया केसी,प्रवक्तामा र सुरेश केसी निर्वाचित भएका हुन् ।
कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने तथा सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्य विक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल,हिरा सापकोटा,हरिप्रसाद अर्याल,वसन्त खनाल,विश्वप्रताप सिंह,सुधिर गौतम,गीता काफ्ले,देव राना कपूर श्रेष्ठ,निर्मल पौडेल,दिनेश कुमार खरेल निर्विरोध निर्वाचित भएका छन्। २००७ सालमा स्थापना भएको सस्थाका संस्थापक अध्यक्ष ओम थापा पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी,टोप पल्लि, बिर बलाल,रुद्र थापा हुदै मन्जु भण्डारी अध्यक्ष बनेकी हुन्।
निर्वाचित पदाधिकारी सदस्यहरुलाई आइतबारै पद तथा गोपनियताको सफत ग्रहण गराइएको छ । नयाँ कार्यसमितिको निर्वाचनका लागि सल्लाहकार मीन दर्लामी संयोजक, मतिप्रसाद पुन सदस्य सचिव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै शपथग्रहण गराएको थियो।
सफत ग्रहणपछि नव निर्वाचित अध्यक्ष मञ्जु भण्डारी खरेलले लण्डन नेपाल न्यूज सँग बोल्दै उनले अग्रजले देखाएको बाटोलाई पछ्याउँदै संस्थामा नयाँ पुस्ताको सहभागिता बढाउने देखि बेलायतमा समाजको समाजको घर निर्माण गर्ने सबै गुल्मेलीहरुको साझा संस्थाका रुपमा समाजलाई अघि बढाउने प्रतिवद्धता जनाइन्।
गुल्मी जिल्ला समाज यूकेको आठौं अधिवेशनबाट दोश्रो कार्यकाल २०२६–२०२८ का लागि निर्विरोध बनेपछि महासचिव महलाल घिमिरेले
लण्डन नेपाल न्यूज सँग बोल्दै समाजलाई थप सभ्य, अनुशासित र आधुनिक दिशामा डोर्याउदै समाजलाई सही मार्गनिर्देशन गर्दै उज्यालो भविष्यतर्फ लैजाने प्रतिब्दाता व्यक्त गरे ।
प्रवक्ताको जिम्मेवारी पाएका युबा ब्यबसायी सुरेश केसीले समाजलाई अब्बल बनाउन आफ्नो तर्फ बाट हर प्रयास रहने बताए ।
नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद काउचा, पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल, निवर्तमान अध्यक्ष रुद्र थापा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका राजनीतिज्ञ एवम् समाजसेवी सुरेशचन्द्र भुषाल, समाजका सल्लाहकारहरु विनोद ज्ञवाली, कृष्ण भण्डारी लगायतले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।
यसअघि समाजका निवर्तमान अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव महलाल घिमिरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजप्रसाद श्रीषको आर्थिक प्रतिवेदन तथा विधान समिति संयोजक केशव भण्डारीको विधान शंसोधनसम्बन्धि प्रस्ताव छलफलपछि पारित गरिएको थियो।
ट्रष्टी समितिका तर्फबाट संयोजक राम गलामीले प्रगति विवरण पेश गरे।महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मुकुन्द हरि खरालले स्वागत मन्तव्य दिएका थिए ।कार्यक्रममा गायिका सोनी कुँवरले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।










