यौन शोषण, दुर्व्यवहार र लैङ्गिक हिसां रोक्न अस्ट्रेलियाका नेपाली युवती एकजुट

सिड्नी । महिलाहरुमाथि हुने यौन तथा अन्य हिसांत्मक गतिबिधि विरुद्ध अस्ट्रेलियामा रहेका नेपाली युवतीहरु एकजुट भएका छन् । विभिन्न बहानामा महिलाहरु कार्यालय देखि घरसम्म हिसांमा पर्ने गरेकाले उनीहरुको न्यायका लागि उनीहरु सगंठित भएका हुन् ।

सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले शनिवार अर्बन पार्कमा गोलाकार सभाको आयोजना गरि पीडितलाई न्याय देउ भन्दै नाराबाजी समेत गरेका छन् ।

नेपाल सगैं अस्ट्रेलियामा समेत यौन शोषण, दुव्र्यवहार र लैङ्गिक हिसांका घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेकाले महिलाहरुलाई सचेत गराउन र उनीहरुको पीडितको पक्षमा न्यायको आवाज उठाउन यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । सिड्नीमा सोसियल वर्क अध्ययन गरिरहेका विद्याथी अजिना कार्की, यमुना कडेंल र सबला बस्नेतको सक्रियतामा कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रमको सहजीकरण गरिरहेकी यमुना कडेंलले अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएको अवस्थामा विशेष गरी विद्यार्थीहरुलाई विभिन्न प्रलोभन देखाएर शोषण गर्ने र यहाँको नीति नियम थाहा नहुँदा समेत समस्यामा पर्ने गरेकाले यसको सहजीकरण गर्ने र स्थानीय सरकारसगं पहुँच पुर्याउनका लागि समुह नै बनाएर अभियान सुभारम्भ गरिएको बताईन् ।

उनीहरुले सोही कार्यक्रम मार्फत ‘लेट्स गेट्स युनाईटेड’ समुहको गठन समेत गरेका छन् । अहिले तत्कालका लागि महिलाहरु मात्रै सहभागी भएर समुह बनाएको भएपनि हिंसामा परेका महिला पुरुष सबैको न्यायका लागि संस्था खोलिएकाले सबैलाई सहभागी बनाएर अगाडी बढ्ने उनको भनाई छ ।

त्यस्तै सोही कार्यक्रमको सहजकर्ता अजिना कार्कीले अस्ट्रेलियामा नयाँ भर्खर आएका विद्यार्थीहरुलाई विभिन्न सघंसंस्था र प्रशासनसगं सहकार्य गराएर न्यायको पक्षमा काम गर्ने आफुहरुको अठोट रहेको बताईन् । उनले आफुहरुको स्वतन्त्र समुह भएकाले कही कतै कोही हिसांमा परे आफुहरुलाई सिधै सम्पर्क गर्न सक्ने जानकारी गराईन् ।

उक्त कार्यक्रमकै अवसरमा यौन हिंसामा परेका १० भन्दा बढी सहभागीहरुले सेतो चार्ट पेपरमा रातो रंगले पोतेका थिए । त्यस्तै सहभागी स्वेता सिंखडाले यौन दुव्र्यवहार सम्बन्धी अभिनय प्रस्तुत गरेकी थिईन् भने हिंसामा परेकी एक चेलीको कथा समेत वाचन गरिएको थियो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए न्यु साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ,सामाजिक अभियान्ता तिर्थराज कार्की, विभिन्न सामाजिक सघं संस्थाका प्रतिनिधि तथा विद्यार्थीहरु सहित ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।