बाग्लुङ्ग । बाग्लुङ्गमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति अहिले सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त भएको छ ।
बरेङ गाउँपालिका वडा नं. ४ मा निर्वाचित वडाध्यक्ष किसन बहादुर खत्री करिब चार बर्ष सोही कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यारत भई काम गरेका थिए ।
खत्री चार बर्ष बरेङ गाउँपालिका वडा नं. ४ सल्यानको कार्यालय सहयोगी पदमा कार्यरत थिए । २०७४ को स्थानीय तह निर्वाचनमा स्बतन्त्र उम्मेदवार बाट लिल बहादुर खत्री वडाध्यक्षमा निर्वाचित भएपछि किसन बहादुर खत्री कार्यालय सहयोगी पदमा नियुक्त भई काम गरेका थिए ।
कार्यालय सहयोगीको पदबाट राजिनामा दिएर वडाध्यक्षको निर्वाचनमा होमिएका खत्री विजयी समेत बने । वडाध्यक्ष पदको पदचार ग्रहण गर्दै खत्रीले खस्किदो शिक्षालाई पुणरुपमा सुधार ल्याउन,आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गर्न स्वास्थ्य चौकी निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
कुनै बेला कार्यालय सहयोगी बनेर वडाको काम गरेका खत्रीलाई जनताको जनमतले कार्यालय सहयोगीको कुर्सी देखी वडाध्यक्षको कुर्सीसम्म पुर्याएको छ । उनी नेपाली काँग्रेसबाट उम्मेवार बनेका थिए ।






