तमुधीं लण्डन इकाईले यसरी स्पेशल बनायो ‘भ्यालेन्टाइन डे’

लण्डन । कोभिड – १९ महामारी नियन्त्रण गर्न बेलायतमा यतिबेला चलिरहेको तेस्रो चरणको लकडाउनको कारण घरभित्रै रहेका नेपाली समुदायमाझ तमुधीं लण्डन इकाईले ‘भ्यालेन्टाइन स्पेशल’ कार्यक्रम गरेको छ ।

इकाईका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा  ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ को अवसर पारी इकाईले पहिलो चरणमा ‘कफी विथ तमुधीं लण्डन’ कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी दोस्रो चरण अन्तर्गत कोरोनाभाइरसबाट प्रभावित भएका नेपालीहरुलाई इकाईले विशेष गिफ्ट उपहार प्रदान गरेको इकाईले जनाएकोे छ ।

बेलायतमा चलिरहेको लकडाउनको कारण प्रत्यक्ष रुपमा एकअर्कासँग भेटन नपाइएको कारण भर्चुअल रुपमै भएपनि ‘कफी विथ तमुधीं लण्डन इकाई’कार्यक्रम गरी आफ्ना सुख दुःख र अनुभव साटासाट गरिएको हो ।

त्यसैगरी दोस्रो चरणमा इकाईसंग सम्पर्कमा आएका कोरोनाभाइरस संक्रमित भई आइसोलेसनमा रहेका, अस्पतालमा रहेका तथा कोभिडलाई जितेका नेपालीहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै गिफ्ट हस्तान्तरण गरिएको छ ।

उक्त उपहारले उनीहरुको मनोवल बढेको भन्दै इकाईका अध्यक्ष विष्णु गुरुङले अझैपनि यो प्याकेज यथावत रहेको जानकारी दिए ।सो अवसरमा सबैजनाले आआफ्नो श्रीमान श्रीमति बिचको प्रेम र मायाको सम्बन्ध अझै घनिष्ट र अजम्वरीको कामना गर्दै गुलाफको फुल दिएका थिए।

कार्यक्रममा उपस्थितले माया र प्रेममा आधारित गित, कविता, मुक्तक, गजल बाचन गरेर सबैलाई मोहित बनाएका थिए ।

कविता र मुक्तकमा कोभिड-१९ ले गर्दा झेल्नु परेको समय र अनुभवहरु पनि जोडिएका थिए । भेटघाटमा मनभित्रको डर त्रासलाई एकछिन भुलेर कार्यक्रम अझै आकषर्क बनाउने गरी उपस्थितले गाएको गीत तथा कविता वाचनको संस्थाका ट्रस्टिजहरुले निर्णय गरिएको थियो ।

संस्थाका मिडिया सचिब सुशील गुरुङले ती प्रस्तुतीहरुबाट उत्कृष्ट हुनेहरुलाई पुरस्कार समेत दिइएको जानकारी दिए ।

संस्थाक बरिष्ठ सल्लाहकार तथा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले शुभकामना दिदै संस्थाले गरेको कामप्रति खुलेर प्रसंशा व्यक्त गरे ।

लकडाउनले घरमै थुनिएर बस्नु पर्दा मानसिक चिन्तनले पिरोहीरहेको र क्षणिक रुपमा गलत निर्णयहरु लिई क्षती ब्यहोरी रहेको धेरै समाचारहरु दिनप्रति दिन आईरहेको अवस्थामा तमुधीं लण्डन इकाईले आयोजना गरेको यस भर्चुअल कार्यक्रमले एकआपसमा भेट्ने र अत्यासलाई कम गराउने काम गरेको भन्दै सहभागिहरुले धन्यवाद ज्ञापन गरेका थिए ।

संस्थाका ट्रष्टिजहरु नारायण प्रसाद गुरुङ, क्याप्टेन प्रेम गुरुङ, डेबिड गुरुङ, चन्द्र बहादुर गुरुङले गीत मार्फत जीवन हॉंसेर शान्तिपूर्वक जिउनुपर्ने बताए । सल्लाहकार डेबिड गुरुङले माया प्रेम बर्षमा एक पटक मात्र नभएर सधैभरी गरिरहनुपर्ने बताए ।

उपाध्यक्ष भरत गुरुङले माया- प्रेम-स्नेह र सम्झनाको प्रतिकको रूपमा मनाइने प्रणय तथा प्रेम दिवस तमु धि लण्डन इकाईले यसरी मनाउन पाउदा  खुशी लागेको बताए।कार्यक्रममा अन्तरसमाज समन्वय संयोजक दिलमाया गुरुङले इकाईको आयोजनामा प्रेम दिबस मनाइयो खुशी छु उनले बताइन्

अध्यक्ष बिष्णु गुरुङको अध्यक्षता रहेको पहिलो चरणको कार्यक्रमको सुरुवात र सञ्चालन महासचिब रक गुरुङ तथा दोस्रो चरणको कार्यक्रमको सञ्चालनको सांस्कृतिक सचिब कुमार गुरुङले गरेका थिए ।