सिड्नी । प्रवासमा रहेका नेपालीहरु आफ्नो कार्यक्षेत्रमा अब्बल रहँदै विभिन्न चरणमा चर्चामा आईनैरहन्छन् । यस्ता नेपालीहरु पनि छन् जसले विदेशी माटोमा राजनीति गरेर आफुलाई अब्बल सावित गरिरहेका छन् । स्थानीय देखि सघींय राजनीतिसम्म नेपालीहरुको पहुँच विदेशमा बढ्दो छ ।
स्थानीय तह निर्वाचनमा नेपालीहरुको सहभागीता बाक्लै भएपनि सघींय निर्वाचनमा भने कमै नेपालीहरु होमिएका छन् । यसैबीच नेपालीहरुका लागि एक गर्विलो उदाहरण बनेका छन् विनोद पौडेल । २१ मे शनिवार अस्ट्रेलियामा हुने फेडरल लेबलको निर्वाचनमा पौड्यालले सघींय सासंदमा उम्मेदवारी दिएका छन् ।
पौडेलले सिड्नीको माकार्थर क्षेत्रबाट सत्तारुढ दल लिवरल पार्टीको तर्फबाट सघींय सांसदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपालीहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा लिवरल पार्टीले प्राय निर्वाचनमा जित हासिल गर्दै आईरहेको छ ।
नेपालीहरुको प्रतिनिधित्व गर्दै आफु सघींय सांसदमा उम्मेदवारी घोषणा गरेको भन्दै पौड्यालले विश्वभर रहेका नेपालीहरुका लागि गर्वको विषय भएको बताए । उनले आफुलाई जित हासिल गराउन सम्पूणर् मतदातालाई आग्रह समेत गरेका छन् ।
मलाई योग्य ठानेर उम्मेदवार चयन गर्ने पार्टी प्रति धन्यवाद व्यक्त गर्दछु,पौड्यालले भने नेपाली समुदायको समस्याहरु समाधान गर्न म प्रतिबद्ध रहनेछु । उनले आफुले निर्वाचन जितेमा नेपाली सघंसंस्थाहरुसगं मिलेर दुतावास,कामदार लगायतका समस्या समाधान गर्नकालागि विशेष पहल गर्ने बताए ।
लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै उनले आफु उम्मेदवार बन्दै गर्दा दोश्रो पुस्ताका नेपाली नागरिकहरुले अस्ट्रेलियामा स्थानीय बासीको रुपमा अपनत्व गर्न पाउने र सहज जीवनयापन गर्न मद्धत पुग्ने बताए । नेपाली लगायत अन्य समुदायको पनि आफुलाई साथ सहयोग र सदभाव रहेकाले आफु निर्वाचनमा विजयी हुने कुरामा विस्वस्त रहेको उनको दाबी छ ।
को हुन् बिनोद पौड्याल ?
नेपालको चितवन जिल्लामा जन्मिएका पौड्याल २००७ सालमा अध्ययन भिषामा अस्ट्रेलिया आएका थिए । उनले अस्ट्रेलियाका विभिन्न कलेजहरुमा केही वर्ष अध्यापन पनि गराए भने व्यवसायसगैं नेतृत्व र क्षमता विकास तालिमहरु पनि सञ्चालन गर्दै आईरहेका छन् ।
आफ्नी श्रीमती जिप्सौना र छोरा गिलोनसँग उनी मिन्टोमा बस्दै आएका छन् । थुप्रै नेपाली सघंसंस्थामा रहेर सामाजिक क्षेत्रमा काम गरेका उनी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नीति संस्थानको सदस्य समेत हुन् । उनीे विगत १२ वर्ष देखि लिवरल पार्टीमा आबद्ध छन् । उनले मन्त्रीस्तरीय सल्लाहकार समितिमा पनि रहेर काम गरिसकेका छन् ।
यसअगाडी भएको न्यू साउथ वेल्स राज्यको स्थानीय तह निर्वाचनमा बिनोद र उनकी श्रीमती जिप्सौनाले काउन्सिलर पदमा उम्मेदवारी दिएका थिए । स्थानीय नेतृत्व प्रशिक्षक तथा बहुसांस्कृतिक समुदायका नेता विनोद कोभिड महामारीपछि उठ्दै गरेको अर्थतन्त्रलाई उकास्न र स्थानीय व्यवसायीहरुलाई सहयोग गर्न उम्मेदवार घोषणा गरेको बताउँछन् ।
विनोदले सामुदायिक सद्भाव र बहुसांस्कृतिक सम्बन्धलाई समर्थन र प्रबद्र्धन लगायत नेपालमा आफ्नो जन्मभूमि चितवनमा पहिलो रग्बी टोली सुरु गरेका थिए । खेलकुदले समुदायमा अनुशासन, निष्पक्षता, एकता र सामाजिक एकता उत्पन्न गर्छ भन्ने उनको दृढ विश्वास छ ।
स्पष्टवक्ता र सालिन देखिने पौडेल नेपालीहरुका विभिन्न चासोका कार्यक्रमहरुमा सक्रिय भएर लाग्ने व्यक्ति हुन् । उनको उम्मेद्बारी लेवरल पार्टीको मिडिया रिलिजका साथै विभिन्न पत्रिकाहरुमा समेत चर्चामा छ । विगतमा भएका निर्वाचनमा समेत यहाँका नागरिकहरुले आफुलाई राम्रो सहयोग र समर्थन गरेको उनले लण्डन न्यूज नेपालसगं बताए ।
नमुना मत सर्वेक्षणमा नेपाली समुदायको राम्रो साथ र सहयोग एवम् समर्थन पाएकाले आफु खसी भएको र निर्वाचन आफ्नो पक्षमा रहने आशा समेत उनले व्यक्त गरे ।

प्रिभोटिङमा नेपालीहरुको साथ र सहयोगले आफुलाई अझै धेरै हौसला थपेको उनको भनाई छ ।







