गुल्मी । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । गुल्मीका २ पालिकामा काँग्रेसले विजयी हासिल गरेको छ ।
रेसुगां नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख सहित अधिकाशं वडामा नेपाली काँग्रेसले जित हासिल गरेको हो ।
रेसुङगा नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका खिलध्वज पन्थी बिजय भएका छ्न । उनले 8614 मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्दी एमालेका राजेन्द्र पान्डेले 7320 मत ल्याएका हुन । यस्तै उपप्रमुखमा काङ्ग्रेस कै अमृता देबी कुवरले 8619 मत ल्याएकी छ्न ।
गुल्मीदरबार गाउँपालिकामा नेपाली कांग्रेसका सरोजकुमार थापा विजयी भएका छन् । थापाले ६ हजार एक सय ६६ र एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्णबहादुर भुसालले पाँच हजार ६ सय दुई मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी तारा थापा ढेगा विजयी भएकी छिन् । उनले ६ हजार दुई सय ७७ र एमालको तर्फबाट उपप्रमुखको उम्मेदवार सुशीला पुनले पाँच हजार पाँच सय मत प्राप्त गरेकी छिन् ।






