गुल्मीमा वडाध्यक्ष जित्ने पहिलो महिला बनिन् गुरुङ्ग

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर ९ को अध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी गुरुङ्ग ८८ मत अन्तरले वडाध्यक्ष पदमा विजयी भएकी हुन् ।

गुरुङ्गले ४६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका रामकृष्ण कँडेलले ३८१ मात्र मत ल्याएका हुन् । ३९ वर्षीय गुरुङ जिल्लामा वडाध्यक्ष जित्ने पहिलो महिला हुन् ।