काठमाडौं, १५ जेष्ठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछिका पराकम्पनहरु जानेक्रम जारी छ । शुक्रबार बिहान पनि तीनओटा पराकम्पन गएका छन् । शुक्रबार मध्यरात १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूडको पराकम्प गएको थियो । त्यसपछि बिहान ५ बजेर २० मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूडकै पराकम्प गएको छ । यस्तै, बिहान साढे ८ बजे गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम केही समय रहनसक्ने भन्दै विज्ञहरुले सर्वसाधारणलाई नआत्तिन र सचेत रहन सुझाउँदै आएका छन् ।
शुक्रबार बिहान तीन धक्का






