नेपाली जनसम्पर्क समिति पोर्तुगलको सभापतिमा बिनोद घिमिरे बिजयी

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलको सभापतिमा बिनोद घिमिरे भारी मतले बिजयी भएका छन् ।हिजो सम्पन्न चुनावको मत परिणाम आज घोषणा भएको हो ।

घिमिरेले ८४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजकुमार गौतमले १४३ मत मात्र प्राप्त गर्न सके । घिमिरे यस अघि समितिका महामन्त्री थिए भने गौतम सल्लाहकारमा थिए । यस्तै समितिको महामन्त्रीमा पुरुषोत्तम सुबेदी (दामोदर) बिजयी भएका छन् । उनले ६२२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जयभद्र सापकोटा ३२५ मतमा नै सिमित भए ।

तीन उपाध्यक्षमा वकिल केसी (६८५), नवीन आचार्य (४०९) र रमेश कडेल (४०६) ले बिजय प्राप्त गरे । सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष लगायत सदस्यहरु यस अघि नै निर्बिरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जनाएका छन् ।