‘छक्का पन्जा ३’ को पर्खाइमा सबैजना उत्सुक देखिन्छन । आँफैमा एउटा ब्रान्ड बनिसकेको चलचित्रको सफलतामा यसका गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । यसैले पनि यस चलचित्रका गीतसंगीतमा सबैले निकै चसो राख्छन् ।
दशैमा रिलिज हुने भनिएको यस चलचित्रको गीतप्रती दर्शकहरुको कौतुहलतालाई मेट्दै यसमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । दीपक शर्माको संगीत, विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ लगायत स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियो निकै आकर्षक देखिन्छ । चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको यस चलचित्रका छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।






