लण्डन । यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) को नवनिर्वाचित सातौं कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ ।
अल्डरसटको एम्पायर हलमा संस्थाका अध्यक्ष सुक गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । उक्त अवसरमा संस्थाको निमन्त्रणामा बेलायत आएका मिस्टर नेपाल सानु गुरुङको औपचारिक बिदाई पनि गरिएको थियो ।
संस्थाका महासचिव बिसन गुरुङले बैठकको सञ्चालन गरेका थिए । बैठकले संस्थाले हरेक वर्ष गर्दै आएको यूके नेपाल बडीबिल्डिंग प्रतियोगिता आउंदो वर्ष सन् २०१९ मा पनि आयोजना गर्ने निर्णय गरेको छ । सो प्रतियोगिताको मिति भने पछि तोकिनेछ ।
त्यस्तै, संस्थाका सबै सदस्यलाई सहभागी गराएर बारबीक्यू कार्यक्रम आयोजना गर्ने पनि निर्णय बैठकमा गरिएको छ ।
सोहि अवसरमा मिस्टर नेपाल सानु गुरुङलाई बिदाई गरिएको छ । यूकेएनएफबिएफले आयोजना गर्ने यूके नेपाल बडीबिल्डिंग तथा फिटनेस प्रतियोगिताका मुख्य प्रशिक्षक तथा निर्णायकको भुमिका गर्न उनी हरेक वर्ष बेलायत आउने गरेका छन् । सन्
२००५ ,२००६ र २००७ मा लगातार मिस्टर नेपालको उपाधि जित्न सफल सानु सन् २००५ र २००७ को धर्मश्री विजेता पनि हुन् ।
त्यसअवसरमा मन्तव्य राख्दै संस्थाका अध्यक्ष सुक गुरुङ र प्रमुख सल्लाहकार शुक्र राईले मिस्टर नेपाल सानुलाई धन्यवाद ज्ञापन गरेका थिए । मिस्टर नेपाल सानु यहि आउंदो अगस्टमा नेपाल फर्किनेछन् ।
कार्यक्रममा यूकेएनएफबिएफका सल्लाहकारहरु किशोर गुरुङ, गंगा गुरुङ ,नारायण गुरुङ, नवराज घले, बुद्धि गुरुङ, बिसन गुरुङ, लोक गुरुङ र देवान गुरुङ लगायत उपस्थित थिए ।
त्यस्तै मिस्टर यूके नेपाल हिमाल भुजेल, कोषाध्यक्ष गंगा गौचन, कल्चरल सेक्रेटरी दिपु गुरुङ र सदस्यहरु विनोद गुरुङ, कुमार गुरुङ, अमृतमान गुरुङ लगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।








