कोरोना संक्रमण तिव्र भएपछि भिक्टोरियामा लकडाउन घोषणा

मेलबर्न । कोरोनाभाइरस संक्रमण बढ्दै जान थालेपछि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लकडाउन घोषणा गरिएकोे छ ।

प्रिमियर डेनियल एन्ड्रिउले शुक्रवार पत्रकार सम्मेलन गरी मेलवर्न क्वारेन्टिन होटलमा संक्रमण बढ्दै गएको भन्दै भिक्टोरियामा ५ दिने लकडाउन घोषणा गरेको जनाएका हुन् ।

प्रिमियर एन्ड्रिउले लकडाउनको नियम उल्लंघन गरेको पाइएमा कारवाही गरिने बताए । उनले भने, ‘यदि व्यक्तिले नियम अनुसरण गर्दैनन् भने त्यो एउटा स्वार्थी कुरा हुनेछ। मलाई आशा छ मानिसहरुले यसो गर्नेछैनन्, हामी जे हासिल गरेका छौं भन्नेमा हामी गर्व गर्न सक्छौं । मलाई आशा छ, भिक्टोरिया बासीले यो च्यालेन्जलाई सामना गर्नेछन्, यदि कसैले नियम टेर्देनन् भने भिक्टोरिया प्रहरीले कारवाही गर्छ ।’

अत्यावश्यक काम बाहेक अन्य कामको लागि घरबाहिर ननिस्कन सरकारले आग्रह गरेको छ । लकडाउनको अवधिमा व्यापक परिक्षण गरिने र संक्रमणको चेन ब्रेक गर्न गरिने योजना रहेको उनले बताए ।

यस अवधिमा भिक्टोरियामा पहिल्यै तय भएका बाहेक अन्य अन्तराष्ट्रिय उडानहरु पनि बन्द गरिने भएको छ ।

हेरौँ के गर्न पाइन्छ, के पाइदैन ?