सिन्धुली, १५ जेष्ठ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्पपीडितको जीवनरक्षाका लागि प्रभावित सबै जिल्लामा अस्थायी घर–टहरा निर्माण गर्न सरकार लाग्नुपर्ने बताएका छन् । भूकम्प प्रभावितको अनुगमनका क्रममा शुक्रबार सिन्धुली पुगेका देउवाले सन्चारकर्मीहरुसँग भूकम्पपीडितलाई सरकारले प्रदान गर्ने भनेको १५ हजारको राहत चाँडै वितरण गर्न आग्रह गरे । अहिले भूकम्पपीडितको राहत र पुनःस्थापनाका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा देउवाले जोड दिए । अर्को एक प्रसंगमा नेता देउवाले आफूलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न दिए पछि नहट्ने पनि बताए ।
राष्ट्रिय सरकारको नेतृत्व लिन तयार छु : देउवा






