काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती बुधबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।
बिहान ११:३० बजे नेपाल एयरलाइन्सको विमानबाट दाहाल र घर्ती थाइल्याण्ड गएका हुन् । कमलपित्त रोगको उपचार गराइरहेका पार्टीका नेता वर्षमान पुनलाई भेट्न अध्यक्ष दाहाल र सभामुख घर्ती त्यसतर्फ गएका हुन् । वर्षमान पुनको थाइलाइण्डको समितिभेज अस्पतालमा उपचार भइरहेको छ ।
नेता पुन सभामुख घर्तीका पति हुन् । सभामुख थाइल्याण्ड जाने भएपछि संसदको बैठक बुधबार बिहान १० बजे बसेर केहीबेरमै माघको पहिलो सातासम्मका लागि स्थगित गर्ने दलहरुबीच सहमति बनेको छ ।






