सिड्नी । अस्ट्रेलियाको ब्रिजवेन क्षेत्रमा बाढीमा परी ६ जनाको मृत्यु भएको छ । केही दिनदेखि निरन्तर परिरहेको भिषण वर्षाका कारण बाढी आउँदा ६ जनाको मृत्यु भएको छ ।
ब्रिजवेनका अधिकाशं क्षेत्र डुबानमा परेका छन् । भने जनजीवन कष्टकर बनेको छ । डुबानका कारण ब्रिजवेन र गोलकष्ट क्षेत्रका सडकहरु बन्द गरिएको छ । त्यस्तै ब्रिजवेन क्षेत्रका २१ हजार भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । सडक समेत डुबानमा परेपछि बस र रेल सेवा पनि सञ्चालन हुन सकेका छैनन् ।
ब्रिजवेन नदीमा पानीको बहाव अझै बढ्ने अनुमान गरिएकाले सचेत रहन आग्रह गरिएको छ । मौसम अधिकारीहरुले अहिले देशकै सबैभन्दा खराब मौसम भनेका छन् । अझै पनि वर्षा हुने भएकाले सावधानी पूर्वक रहन उनीहरुको सुझाव छ ।
ब्रिजवेन बाहेक सनसाइनकोष्ट, सिनिक रिम, टोअम्बा, मोरेटन बे तथा गिम्पी क्षेत्रमा आपतकालिन सुचना जारी गरिएको छ । भोलि देखि मात्रै मौसममा सुधार हुने अधिकारीहरुको भनाई छ ।






