बेलायतको ह्याम्पसायर क्षेत्रमा चोरी र लुट्पाटमा संलग्नलाई जेल सजाय

लण्डन । बेलायतको ह्याम्पसायर क्षेत्रमा चोरी र लुट्पाटजन्य घटनामा संलग्न रहेका ५ जनालाई अदालतले ५० वर्षको जेल सजाय सुनाएको छ ।

विन्चेस्टर क्राउन कोर्टले चोरी र लुट्पाटजन्य घटनामा संलग्न उक्त समूहका नाइके सहित अन्य ४ जनालाई जेल सजाय सुनाएको हो ।

जसमध्ये नाईके डेभिड प्याट्रिक हफलाई १७ वर्ष, सोही गतिबिधिमा संलग्न क्यामरुन चिभर्सलाई ८ वर्ष ४ महिना, कोलिन गोल्डिङलाई ९ वर्ष, आडम जोन्सलाई साढे १३ वर्ष र जेसे म्याथ्यूलाई ६ वर्ष आठ महिना जेल सजाय सुनाएको हो ।

उनीहरुले नेपालीहरुको बाक्लो बसोबास भएको ह्याम्पसायर, डोरसेट र सरे क्षेत्रमा एटीएम मेसिन विस्फोट गराइ पैसा लुट्ने, घरघरमा डकैती गरी कार, पैसा, गरगहना, मोटरसाइकल, साइकल, कुकुरसमेत चोरी गर्ने गरेका थिए ।

हालसम्म उक्त समुहले २०१९ देखि २०२० सम्मको अवधीमा  १४ वटा एटीएम मेसिन विष्पोटक पदार्थले फुटाएको र तीन वटाबाट पैसा लुटेका थिए । उनीहरुले २ लाख ५५ हजार ९२८ पाउण्ड बराबरको भौतिक क्षति पुर्याएको बताईएको छ ।