भ्यालेन्टाईन डे मा अल्डरशटमा च्यारीटी

भ्यालेन्टाईन डे अथवा प्रणय दिवस को अवसरमा एभरग्रिन ग्रुप बेजीड़गस्टकले शुक्रबार तेक्वान्दोका अन्तर्रािष्टय प्रशिक्षक एंवम पुर्व खेलाडीद्धारा निर्माण हुन लागेको नेप्लीज तेक्वान्दो एकेडमी काठमाण्डौको सहयोगार्थ निरमाया रोधीघर अलडरसटमा च्यारीटी डिनरको आयोजना गर्यो । एकेडमी निर्माण गर्न २० लाख सहयोग गर्ने उद्धेश्य रहेकोमा यस पटक ३ लाख संकलन भएको र यसअघि १४ लाख विभिन्न व्यक्तिले सहयोग गरेकोबाट संकलन र अरु ३ लाख गत बर्षको देउसी भैलोबाट संकलन भएको ग्रुपकी सुधा गुरुड़गले जानकारी दिइन ।
विगतमा संकलित १७ लाख रुपैया गत जनवरी २०१५ मा बिएफबिएस गोर्खा रेडियो नेपालका डाइरेक्टरको रोहवरमा अशोक खड्कालाई एक समारेहका वीच सुधा गुरुड़गले हस्तान्तरण गरेकी थिइन ।
कार्यक्रममा निर्माणाधिन एकेडेमीको बारेमा पावर प्वाईन्टको प्रस्तुती मेजर खुसीमान गुरुड़ग र सुधा गुरुड़गले गरेका थिए भने अरु सामाजिक संस्थालाई गरेको सहयोगको भिडयो समेत देखाईएको थियो । सो गुप्रले २०१२ मा भेलेन्टाईन डे मा संकलित १ लाख ८७ हजÞार दिलशोभा श्रेष्ठको आमाघरलाई प्रदान गरेको थियो भने यस्तै कार्यक्रमबाट २०१४ मा संकलित ५ लाख ३ सय ७९ रुपैया विभिन्न ३ वटा सामाजिक संस्थालाई प्रदान गरिएको थियो ।
जसमध्ये लभप्रसाद बालगृह मुलपानी र अपाड़ग सेवा संघलाई जनही २ लाख १ सय ३४ रुपैया र रक्षा नेपालमा आश्रित ३ बर्षे बालिका मुक्तालाई १ लाख १ सय ११ रुपैयाको अक्षयरोष स्थापना गरिएको थियो । काठमाण्डौमा कÞरीब १ करोडको लागतमा निर्माण हुन लागेको नेप्लीज तेक्वान्दो एकेडेमीमा विशेष गरी प्रतिभावान तर असहाय बालबालीकालाई नि:शुल्क खानपान, शिक्षा दिनुका साथै तेक्वान्दो प्रक्ष्शिाण दिलाई भविष्यमा ओलम्पिकमा नेपालको प्रतीनीधीत्व गराउने अठोट एकेडेमीका डाइरेक्टर अशोक खड्काले गरेका छन ।
सो एकेडेमी र नेपालको सामाजिक संस्थालाई सहयोग पुर्याउने उद्धेश्यले गरीएको सो भेलेन्टाईन डे च्यारीटी डिनरमा स्थानीय कलाकार लाल गुरुड़ग , राम गुरुडं , राजु गुरुडं, तमुधी युके का पुर्व अध्यक्ष कमल गुरुडं , पुनम गुरुडं अलावा उदय र मनीला सोताड़गको गीत संगीतले कार्यक्रम निकै रमाईलो भएको थियो ।
कार्यक्रममा तमुधी युके, साहारा युके लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरको सहभागिता थियो ।उल्लेख्य संख्याका दम्पतीहरुको उपस्थीती रहेको सो कार्यक्रममा राफल ड्र समेत गरी एभरग्रिन ग्रुपले प्रायोजन गरेको आकर्षक पुरुषकार वितरण गरिएको थियो ।