बेलायतमा न्यू लक्ष्मी ज्वेलर्सको भब्य उद्घाटन मन्त्री र स्थानिय जनप्रतिनिधिले काटे रिबन,कसले के के भने त ? ( हेर्नुस भिडियो सहित )

लण्डन । १० सौ वर्षको अवसर पारेर नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा सञ्चालनमा रहेको न्यू लक्ष्मी ज्वेलर्स सुन पसलको उद्घाटन गरिएको छ । लक्ष्मी राईले अल्डरसटको भिक्टोरिया रोडमा सञ्चालनमा ल्याइएको न्यू लक्ष्मी ज्वेलर्सको सुक्रबार एक भब्य कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

केहीदिन अघि लुटपाटको प्रयास भएपछी बन्द रहेको बेलायतस्थित अल्डरसटमा रहेको न्यू लक्ष्मी ज्वेलर्स सुन पसल पुन: संचालनमा ल्याइएको छ । डिसेम्वरको दोस्रो साता लुटेराको समुहले तोडफोड गरेपछी रहेको सुन पसल मर्मतसंभार गरेपछी संचालनमा ल्याइएको हो ।

अल्डरसटको भिक्टोरिया रोडमा सञ्चालनमा रहेको पसल लुटेराले तोडफोड गरेपनि सामान भने चोरी गर्न सकेका थिएनन ।सो घटनाको प्रहरीले अनुशन्धान गरिरहेको छ । अत्याधुनिक सुविधासहितको सुन पसलको शुक्रबार एक कार्यक्रमक बीच सो क्षेत्रका सांसद समेत रहेका बेलायतका भेट्रान मन्त्री लियो डोकोर्टीले सुभारम्भ गरेका छन ।

त्यसबखत मन्त्री डोकोर्टीले सुन पसल संचालन भएपछी आफु खुशी भएको बताउदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजग रहनु पर्ने धारण ब्यक्त गरे । व्यवसाय गर्दा आईपर्ने चुनौतीको सामना गर्न उच्च मनोबल कायम राख्न आग्रह गर्दै उनले कुनै समस्या आए सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा काउन्सिलर डेभिड क्लिफोर्डले सुन पसल संचालन भएपछी आफु खुशी भएको बताउदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजग रहनु पर्ने धारण ब्यक्त गरे । कार्यक्रममा न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राईले पसल मर्मतका लागि झण्डै ५० हजार पाउण्ड खर्च भएको बताइन । साथै उनले यस प्रकारका घटना दोहोरिन नदिन सावधानी अपनाउन समेत अन्य ब्यबशायीलाइ आग्रह गरिन । कार्यक्रममा उनले उपस्थित सबैलाई स्वागत एवम धन्यवाद ज्ञापन गरेकी थिईन

काउन्सिलर जीव बेल्वासेले यस घटनाबाट सबैले पाठ सिक्नु पर्ने र आफ्नो पसल ब्यवशाय सुरक्षित बनाउने तर्फ ध्यान दिनु पर्ने बताए ।कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बेलायतमा नेपाली व्यवसायीहरुलाई परेको समस्या सम्वोधन गर्न आफु सधै लागिपर्ने  बताए ।

उद्घघाटनका अवसरमा काउन्सिलर डेभिड क्लिफोर्ड, काउन्टी काउन्सिलर बिल वीदर्स कालुम ,स्टेवार्ट नाडिया, मार्टिन रसमोर बरो काउन्सिलका उपप्रमुख कार्यकारी आयान ह्यारिसन, जेम्स डुगिन, बरिष्ठ सामाजसेवी म्यारी ह्याट्ले. दुर्गा थापा लगायत बिभिन्न पेशा र ब्यवसायमा आबध्द ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा न्यु लक्ष्मी ज्वेलर्स कम्पनीका म्यानेजर विक्की पराजुली लगायत कम्पनी परिवारले कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गरेका थिए ।

( हेर्नुस पुरा भिडियो )