काठमाडौं : संयुक्त अधिराज्य बेलायतका लागि ज्ञानचन्द्र आचार्य राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आचार्यको नाम संसदीय सुनुवाइ समितिबाट मंसिर २० गते अनुमोदन भएको थियो ।







