दाङ- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अब सभापति लड्न कुनै पनि प्रलोभनले नरोक्ने बताएका छन् ।
प्रेस यूनियन दाङले सोमबार घोराहीमा गरेको पत्रकार भेटघाटमा पौडेलले प्रधानमन्त्री वा अन्य कुनै पद पाउने लोभमा परेर आफू पछि नहट्ने बताए । उनले यसअघि सुशील कोइरालालाई सभापति र प्रधानमन्त्री बन्न सहयोग गरेकाले १३ औं महाधिवेशनमा सभापतिको दाबेदार आफू नै भएको बताए ।
अहिले कांग्रेसभित्रको कार्यशैली, व्यवहार र संरचना परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।






