नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुधार्न सम्भव : उपाध्याय

deep kumar upadhyayकाठमाडौँ- भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई सकारात्मक छलफलबाट सुधार गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले भारतले पनि नेपालसँग चिसिएको सम्बन्धलाई सुधार्न चाहेको छ भन्नुभयो ।

उहाँले नेपाल–भारतबीच अहिलेको अवस्थामा सुमधुर सम्बन्धको सम्भावना रहेको यस विषयमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले संविधान जारी भएपछि नेपाल नयाँ दिशामा अघि बढ्ने, आर्थिक रुपमा मजबुत हुने विश्वास लिएको बताउँदैँ अहिलेको असहज वातावरणले जनतामा निराशा उत्पन्न गराएको उल्लेख गर्नुभयो ।