मुस्लिम सङ्घर्ष गठबन्धनलाई प्रधानमन्त्रीको पत्र

kp oliकाठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि पत्र पठाउनुभएको छ ।

गठबन्धनका संयोजक समिम अन्सारीलाई प्रधानमन्त्री ओलीले लिखित पत्र पठाउनु भएको हो । पत्रमार्फत प्रधानमन्त्रीले गठबन्धनका माग वार्ता र संवादबाटै सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

आर्थिक विज्ञमा थपलिया नियुक्त

यसैबीच, प्रधानमन्त्रीले आफ्नो वरिष्ठ आर्थिक तथा विकास विज्ञमा धादिङ निवासी इञ्जिनियर गजेन्द्र थपलियालाई नियुक्त गर्नुभएको छ । थपलिया नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।