नवलपरासी- एकीकृत नेकपा (माओवादी)का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सर्वोच्च अदालतले बिहीबार आममाफी नहुने गरी गरेको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।
एनेकपा माओवादीले २०५२ फागुनदेखि २०६३ मङ्सिर ५ गतेसम्मको अवधिमा भएका घटनाका सम्बन्धमा कारबाहीको दायरामा ल्याउन भन्दा राजनीतिक समाधान खोज्ने प्रयास गरेको उहाँको भनाइ थियो । संविधान जारी गर्नुअघि यस विषयमा कांग्रेस, एमाले र एमाओवादीबीच सहमति भएको थियो उहाँले भन्नुभयो–‘जनयुद्धकालीन मुद्दा खारेजी हुन्छ, त्यो सत्य निरुपण तथा मेलमिलाप आयोगमा जानुपर्छ ।’







