काठमाडौं- प्रेस काउन्सिल नेपालले ‘न्युज २४’ टेलिभिजनलाई यही मङ्सिर २७ प्रसारित सामग्रीसहित उपस्थित हुन निर्देशन दिएको छ ।
काउन्सिलले अनुगमनका क्रममा उक्त टिभीबाट सो दिन बेलुका ९ः०५ बजे ँउज्यालो’ कार्यक्रम मार्फत प्रसारित सामग्रीले सामाजिक सद्भाव र जातजातिबीचको सुसम्बन्धमा खलल पुर्याएको देखिएको प्रकाशित विज्ञप्तिमा जनाएको छ । उक्त कार्यक्रम पत्रकार ऋषि धमलाले सञ्चालन गर्छन् ।
सो टेलिभिजनले पत्रकार आचारसंहिता-०६० (संशोधित तथा परिमार्जित-०६४) विपरीत समाचार सामग्री प्रसारण गरेको देखिएको जनाई काउन्सिलले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।






