तेजबिनायक बचत तथा ऋण सहकारी संस्थाले मनायो भब्य तिज कार्यक्रम:-

काठमाडौं, गोठाटारमा अवस्थित तेजबिनायक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं बार्षिक साधारण सभा तथा तिज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकोछ । जोरपाटीको चामुण्डा पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो । पहिलो सत्रको साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष हरि सुदन दाहालको सभापतित्वमा सम्पन्न भएको थियो भने दोस्रो सत्रमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजका बिभिन्न गितहरुमा केहि रास्ट्रिय कलाकारहरुको साथमा दिदी बहिनीहरुले जुमेर नाचेका थिए ।कागेस्वरी मनोहरा नगरपालिकामा अवस्थित तेजबिनायक बचत तथा ऋण सहकारी संस्थाको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरी थापाले पानसमा बत्ति बालेर कार्यक्रमको समुद्घान गर्नु भयको थियो भने थुप्रै संघ संस्थाका प्रतिनिधिले शुभकामना मनतब्य दिनुभएको थियो । ११ औं बार्षिक साधारण सभा सम्म आईपुग्दा संस्थाले भवन निर्माणको लागि आफ्नै जग्गा खरिद गरिसकेको जानकारी प्रधान गर्दै निकट भविष्यमा आफ्नै भवनको निर्माण कार्य अगाडी सार्ने जानकारी समेत संस्थाका अध्यक्ष हरि सुदन दाहालले गराउनु भएको थियो ।              तिजका लय तथा बिभिन्न लोक गितहरुमा गित गायर कलाकारहरुले उपस्थित महिला दिदी बहिनीहरुलाई छम् छमि नचायका थिए । संस्थाका सदस्य महिलाहरु बिच नृत्य प्रतियोगिता गराएर सान्त्वना, तेस्रो,दोस्रो र प्रथम पुरस्कार समेत बितरण गरिएको सो कार्यक्रमको प्रत्यक्ष प्रसारण लण्डन नेपाल न्यूजले गरेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब अस्टलाल श्रेष्ठले गर्नुभएको थियो भने ब्यवस्थापन संस्थाका ब्यवस्थापक इन्द्र शर्मा वास्तोलाले गर्नुभएको थियो ।