बेलायतको अल्डरसटमा क्षतिग्रस्त अनुग्रह ज्वेलर्स मर्मतपछि पुन:सञ्चालनमा:यसरी भयो उद्घाटन(भिडियो सहित)

लन्डन । नेपाली हरुको बाक्लो बस्ति रहेको बेलायतको अल्डरसट स्टेसन रोड स्थित रहेको अनुग्रह ज्वेलर्स पुनः सञ्चालनमा आएको छ । गत डिसेम्बर पहिलो हप्ता लुटेराले गाडी जोतेर पसल तोडफोड पछि पुन मर्मतसम्भार गरी बनेको पसल सञ्चालनमा ल्याएको हो ।

शुक्रबार स्थानिय संसाद समेत रहेका बेलायती भेट्रान लियो डोकेर्टी, अल्डरसटस्थित स्थानीय काउन्सिलर जीव बेल्वासे, रसमोर बरो काउन्सिल लिडर डेभिड क्लिफोर्ड, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत स्थानीय अन्य काउन्सिलर हरुको उपस्थितिमा संयुक्त रुपमा रिवन काटेर एक कार्यक्रमका बीच अनुग्रह ज्वेलर्सको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अतिथीहरुले अनुग्रहमा भएको ठुलो क्षति प्रति दुख व्यक्त गरेका छन् । लुटेराले रातिको समयमा गाडीले ठक्कर दिदै पसल तोडफोड बाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै सञ्चालक सुमन राई र परिवार प्रति सान्त्वना व्यक्त गरेका थिए ।अतिथीहरुले स्थानीय व्यवसायप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै  यस्ता अप्रिय घट्ना दोहोरिन नदिन आफूहरुको सक्दो पहल रहने बताएका थिए ।

अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राईले ‘शुभारम्भ,पछि पूर्ण रुपमा पुरानै अवस्थामा सेवा दिन शुरु गरेको बताए ।
सञ्चालक राईले आफ्नो पसल बेलायत सरकारबाट मान्यताप्राप्त शुद्ध गरगहना बेच्ने र किन्ने, अर्डर गरिएको सामान यूके युरोपमा डेलिभर गरिदिने, विक्री भएका सामानको ग्यारेन्टी लिने जस्ता सुविधा ग्राहकलाई प्रदान गरिने भएकाले निर्धक्क भएर पसलमा आउन आग्रह गरेका छन् ।

( हेर्नुस पुरा भिडियो )