काठमाडौं– काँग्रेसको स्थगित केन्द्रीय समितिको बैठक आज पुन बस्दैछ ।
बैठकमा सभापति शेर बहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने भनिएपनि आज त्यसको सम्भावना नभएको केन्द्रीय सदस्य मिन बिश्वकर्माले जानकारी दिएका छन ।
समीक्षा बैठकको अन्तिम चरणमा सभापतिले पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने नेता विश्वकर्माले जनाए ।
यसैवीच उपसभापतिका आकांक्षी विजय गच्छदारलाई विधानले उपसभापति बन्नबाट रोक्ने भएको छ ।
महाधिवेशनबाट विजयी केन्द्रीय सदस्य मनोनित पदाधिकारी बन्न योग्य हुनेहुँदा उनको सम्भावना नरहेको बताइएको छ ।
यसैबीच २२ यूवा केन्द्रीय सदस्यहरूले संयुक्त पेश गर्न लागेको प्रस्तावले अन्तिम रुप पाएको बताइएको छ ।
केन्द्रीय सदस्य कल्याण गुरुङले सम्भव भए आइतबारै र नभए सोमबार संयुक्त प्रस्ताव बैठकमा पेश गरिने जानकारी दिए ।
चैत ९ देखि निर्वाचन समीक्षाको लागि डाकिएको काँग्रेस बैठक नेता खुमबहादुर खड्काको निधनछि चैत १७ देखि रोकिएको थियो ।






