गल्कोट समाज यूकेको अध्यक्षमा भोजराज कंडेल निर्वाचित, अरु समितिमा को को आए ?

लण्डन । गल्कोट समाज यूकेको अध्यक्षमा भोजराज कंडेल चयन भएका छन् । मंगलबार मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा सम्पन्न तेस्रो अधिवेशनबाट कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिमाको उपाध्यक्षमा क्रमशः गोविन्द राम कंडेल, चन्द्र साहमी, महा सचिवमा विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर गौतम तथा सह-कोषाध्यक्षमा लाल थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा डा.पुष्प उप्रेती,डिलाराम गैरे, तेज बहादुर भण्डारी,राजु बोहोरा,राजु सापकोटा,अमरनाथ गैरे, धन बहादुर केसी, राम थापा, किशान खत्री, सिता खराल,नगेन्द्र खड्का, सुरेश परियार,दशरथ खरेल,सुरेश भण्डारी, मोती सुवेदी, अशोक बुढाथोकी, हरि घर्ती र नारायण खरेल रहेका छन् ।

रेशम बुढाथोकीको संयोजकत्वमा एनआरएनए केन्द्रीय सल्लाहकार सोम सापकोटा, शान्ति नेपाली समाज बेलायत अध्यक्ष भोजराज भण्डारी र साझा नेपाली समाज यूके अध्यक्ष कृष्ण सापकोटा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो ।समाजका निवर्तमान अध्यक्ष राजु कंडेल लगायतले नयाँ कार्यसमितिलाई बधाई सहित शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष कंडेलले आफ्नो कार्यकालमा सस्थाको गरिमा बढाउनका लागि आफनो नेतृत्वमा आएको कार्यसमितिले निरन्तरत काम गर्ने लन्डन नेपाल न्युज लाइ बताए। कंडेल अघिल्लो कार्यसमितिमा उपाध्यक्षको भूमिकामा थिए ।

२०१६ मा स्थापना भएको यस समाजले संस्थागत तथा अन्य संघ संगठनहरु सँग सहकार्य गर्दै गल्कोट मात्र नभएर बाग्लुङ जिल्लाबासीको कल्याणको निम्ती विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

 

गल्कोट समाज यूकेले  गृहजिल्लामा आइपर्ने मानवीय तथा दैवी प्रकोपका घटनाहरुमा सहयोग पुर्याउदैं आएको छ।