लण्डन ।
बेलायतमा पूज्य सद्गुरुदेव जगतगुरु महायोगी सिद्धबाबाको सत्संकल्प, प्रेरणा र कृपालाई शिरोपर गर्दै सिद्धमहायोग परिवार युके-युरोपले आयोजना गरेको ९ दिने श्रीरामकथा धुमधामले सम्पन्न भएको छ ।
नेपाली चेली पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिका सुश्री चन्द्रकला सखी बाट श्रीरामकथा धुमधामले सम्पन्न भएको हो ।
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया। सर्वे भद्राणि पस्यन्तु, मा कश्चित दु:ख भाग भवेत्।
यो वेदको मन्त्रले उद्ग्रित गरे जस्तै संसारका सबै प्राणीहरुलाई सूख हवस् भनेर यो सन् २०२३ को राम नवमी र हनुमान जयन्तिको पावन अवसर पारेर गत मार्च ३० देखिँ अप्रिल ६ सम्म हिमालयन सिद्ध महायोग आद्यात्मिक प्रतिष्ठान यूके-यूरोप साखाले राम कथाको आयोजना गरेको थियो।
राम कथाको वाचन जगतगुरु महायोगी सिद्ध बाबाकी बिशेष कृपा पात्र श्री चन्द्रकला सखीज्युद्वारा सम्पन्न भएको थियो । श्री चन्द्रकला सखिले राम चरित्रमानसलाइ अंग्रेजी,हिन्दि र नेपाली भाषामा संगीतमय रुपमा अत्यन्तै सुन्दर प्रस्तुति गरेर उपस्थित सम्पुर्ण भक्तहरुलाई मन्त्रमुग्ध बनाउनु भएको थियो र उपस्थित प्राय भक्तजनहरुले आफ्नो जीवनमाअहिले सम्मकै उत्कृष्ट प्रस्तुति रहेको भन्दै प्रसंसा गर्नु भएको थियो । हामीलाई प्रत्यक्ष रुपमा महसुस भयो कि सगरमाथाको चुचुराबाट बगेको रामकथाको धारा नेपाली चेलीले बेलायतको लण्डनमा पनि प्रबाह गराई नेपाल र नेपालीको गौरबको अभिवृद्धि गर्नु भएको छ।
प्रस्तोता श्री शाखिज्युको मुखारवृन्दवाट तैलधारावत रुपमा प्रस्तुत भएको राम कथाको अमृत गंगामा सम्पूर्ण उपस्थित भक्तहरु चुर्लुम्म डुबेर प्र्संन्नाताका साथ नुहाइरहनु भएको थियो। र अन्त्यमा भक्तहरुले त्यही अमृत गंगाले आफुलाई पबित्र बनाएको अभिव्यक्ति प्रस्तुत गर्नु भएको थियो । रामकथा भौतिक शास्त्रको कथा जस्तो केवल सुन्ने र सम्झने मात्र होइन , यो त समस्त बेदान्त दर्शनको सार हो, र सुन्दा सुन्दै अनन्य कृपा प्राप्त गर्न सकिने र अन्तस्करण सुद्ध गरि आत्मालाई पोषण प्रदान गराउने ग्रन्थ हो। यस ग्रन्थमा मानवले पालन गर्नु पर्ने हरेक भूमिकाको सास्वत दिग्दर्शन एउटा सुन्दर कथाको रुपमा प्रस्तुत गरिएको छ। माता-पिताले असल सन्तान कसरि प्राप्त गर्ने ? र सन्तानलाई सहि मार्ग निर्देशन कसरि गर्ने ?, सन्तानले आफ्नो माता-पिता प्रति कस्तो व्यवहार गर्ने ?,पत्नीले कस्तो धर्म निभाउने ?, पतिले कस्तो धर्म निभाउने ? ,भाई-बन्धु प्रतिको प्रेम र जिम्मेवारी कस्तो हुनु पर्छ ?, नारीको सम्मान र रक्षा कसरी गर्नु पर्छ ? र गरिएन भने के हुन्छ ?, धर्मको रक्षा कसरि गर्नु पर्छ? र नगर्दा के हुन्छ ?, एक कुसल सासकले आफ्नो जिम्मेवारी कसरि निभाउनु पर्दछ ? राम राज्य भनेको के हो ? र यो किन सबैलाई मान्य हुन्छ ? भन्ने जस्ता अत्यन्तै महत्वपूर्ण बिषयहरुको अत्यन्त ब्यबहारिक ज्ञान अन्तर्निहित छ, जुन कुरालाई सखी ज्यूले अत्यन्तै सरल ,रोचक र स्प्रष्ट शब्दमा बहुभाषीय श्रोताहरु माझ प्रस्तुत गर्नु भएको थियो । यति दिब्य भगवत रामकथा त्यसमाथि पनि जगतगुरु महायोगी सिद्धबाबाको अनुपम कृपा बर्सीरहेको हुनाले कार्यक्रम अत्यन्तै दिब्य र भब्य भएको थियो। त्यहाँ आगन्तुक सम्पूर्ण भक्तजनहरुले कार्यक्रममा अत्यन्तै सकारात्मक उर्जा प्राप्त गरेको महसुश गरेको बताउनु भएको थियो ।
कार्यक्रम प्रस्तोता श्री चन्द्रकलासखीले बालबच्चाहरुमा असल संस्कार बिकास होस्, आफ्नो संस्कृति र धर्म प्रति सकारात्मक भाब जागृत होस् भन्ने उद्देस्यले थुप्रै रोचक प्रसंगहरुको प्रस्तुति गर्नु भएको थियो । बाल बालिकाहरुले प्रसङ्ग अनुसार कार्यक्रममा विभिन्न प्रकारका झाँकीहरुको प्रभावकारी प्रश्तुति पनि गरेका थिए। गुरु कृपाको अनमोल उपहारले गर्दा बाल बच्चाहरुले पनि राजि खुसिका साथ् भूमिका निभाएक थिए, जसले गर्दा कार्यक्रममा थप रोचकता थपिएको थियो। सखी ज्यू निकै वर्ष अगाडि देखि बाल बच्चा तथा युवा पुस्ताहरुमा असल संस्कार तथा संस्कृतिको विकास गर्नु पर्छ, किनकि आजको बालक नै भोलिका कर्णधार हुन् भन्ने सिद्धन्तले श्री सद्गुरुदेव महायोगी सिद्धबाबाको निर्देशनमा आफूले नेतृत्व गर्दै नेपाल तथा बिदेशका थुप्रै राष्ट्रहरुमा आन्जनिय यूबा क्लबको बिस्तार गर्नु भएको छ। फलस्वरूप संसार भरिका थुप्रै बालबालिकाहरुले यसबाट लाभ उठाएका छन्। कार्यक्रममा केहि दिन लगातार बच्चा सहित उपस्थित हुनु हने भक्तहरुले आफ्ना बच्चाहरुमा सकारात्मक परिबर्तन महसुश गर्नु भएको अभिव्यक्ति ब्यक्त गर्नु भयो।
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान यू के-यूरोपले उक्त कार्यक्रम प्रजापति समाज साउथहलसंगको सहकार्यमा आयोजना गरेको थियो, जहाँ नेपाली समाज लगायत विभिन्न बिदेसी तथा स्वदेसी निकायहरुको प्रतिनिधिहरुको बाक्लो उपस्थिति र सहयोग रहेको थियो। कार्यक्रममा नेपाली राजदुताबास बेलायतका महामहिम राजदुत ,बेलायतका क्याबिनेट मन्त्रीहरु लगायत विभिन्न राजनीतिक व्यक्तित्व स्थानीय सरकारका प्रतिनिधि, भू. पु. मेयर, भू. पु. उप मेयर , NRN UK का पदाधिकारीहरु, नेपाली तथा बिदेसी सामाजसेवीहरु, विभिन्न सन्त महात्माहरुको लगायत गन्यमान्य व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो। यसका साथै पत्रकार तथा संगीतकारहरुको बाक्लो उपस्थिति थियो। वहाँहरु सबै मद्धे कसैले मौखिक कसैले लिखित रुपमा कार्यक्रम प्रस्तुति एबम प्रस्तोताको मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो। उदाहरणको लागि ह्यारो बोरोको भू पु मेयरले यो कार्यक्रम अति दिब्य र प्रभावकारी रहेको, बच्चाहरुको लागि पनि यो केन्द्रित गरिएको कारण यो कार्यक्रम अझै महत्वपुर्ण रहेको, प्रस्तोताको प्रस्तुति अत्यन्तै आकर्सक भएको कुरा बताउनु भएको थियो ।
सुरुका दिन देखिँ लिईएका लिखित तथा मौखिक प्रतिक्रियाहरुमा प्राय सबै जसो भक्तजनहरुले प्रस्तोताको प्रस्तुतिलाई नै अत्यन्तै उत्कृष्ट रहेको, अति सालिन,मधुर, अति सरल र बुझ्न सजिलो र ब्यबहारिक पाराले प्रस्तुत गरिएको बताउनु भयो। हरेक दिन कार्यक्रम पश्चात बिसेष भण्डारा ( प्रसाद ) को ब्यबस्था गरिएको थियो। प्रसाद ,आयोजक कमिटी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान संग सम्बन्धित भक्तहरुले तयार गरि ,आफ्नै हातले पकाएर वितरण गर्नु भएको थियो। कुनै कनै दिनको भण्डाराको लागि स्पोन्सर पनि प्राप्त भएको थियो। अत्यन्तै ताजा र मिठो प्रसादको व्यवस्थालाई सबै भक्तजनहरुले प्रसंसा गर्नु भएको थियो। यस कार्यक्रमको समग्र खर्चको श्रोत साधकले स्वेच्छाले गरेको दान, यूरोपका अन्य उप साखाबाट प्राप्त सहयोग, कार्यक्रमको समयमा भक्त हरुले गरेका केहि स्पोन्सरसिप, आरति सक्दा प्राप्त दानबाट प्राप्त भएको थियो । प्रजापति समाजको आग्रहमा केहि चन्दा संकलन गर्ने कार्य पनि भएको थियो । तर यसरि चन्दा संकलन गर्ने कुरा मुख्य आयोजकको एजेन्डामा भने नभएको कुरा जानकारी गराउन चाहन्छौ । यति लामो कार्यक्रम गरिरहँदा जान-अन्जानमा केहि कमि कमजोरी हुन गएका भए आयोजक कमिटी क्षमा याचन गर्दछ र आगामी दिनहरुमा ति गल्ति नदोहोर्याउने प्रतिबद्दता जाहेर गर्दछ। कार्यक्रमको सुरुवात देखिँ नै श्री चन्द्रकला सखी ज्यूले आफू महायोगी सिद्धबाबाको कृपा-प्राप्त शिष्य रहेको र वहाकै कृपा र आसिर्बादको कारण आफुले यो कथा प्रस्तुत गर्न सम्भब रहेको कुराको प्रस्तुति गर्दै आउनु भएको थियो ।
कार्यक्रमको अन्ततिर बीच बिचमा श्री चन्द्रकला सखी ज्यूले जगदगुरु महायोगी सिद्धबाबा गुरुदेवको परिचय विभिन्न भिडिओ क्लिप प्रस्तुत गर्दै दिनु भएको थियो । जुन कुरालाई सम्पूर्ण भक्तहरुले अचम्मित हुँदै र उत्सुकताका साथ् हेर्नु भएको थियो । कार्यक्रमको अन्त्यसम्म आईपुग्दा आफूले अत्यन्तै दिब्य र यस कालका महान सन्त, जसको निमेस भरको दृष्टिले मात्र पनि आफु धन्य भईने जगद्गुरुको जुम मार्फत पनि दर्शन गर्न पाउँदा आफू धन्य र अत्यन्तै भाग्यशाली भएको र गुरुदेवलाइ प्रत्यक्ष रुपमा भेट्न आतुर रहेको कुरा ब्यक्त गरिरहनु भएको थियो। यो कार्यक्रममा गुरुदेवको प्रत्यक्ष उपस्थिति नभएता पनि कार्यकर्मको यो दिव्यता र भव्यता हुनुमा सद्गुरुदेब महायोगी सिद्धबाबाको बिसेष कृपा र आसिर्बाद नै भएको भन्ने कुरामा आयोजक कमिटी पूर्ण बिस्वस्त छ। साथै श्री चन्द्रकला सखिज्यूमा यति ठुलो र बिशिष्ट कृपा ग्रहण गर्न सक्ने बिशेष पात्रता भएर नै यो सम्भब भएको हो। गुरुदेबको बिसेष कृपालाई धारण गर्न सक्ने क्षमता सिष्यमा हुनु पनि सिष्यको बिसेषता हो। गुरु कृपा त सबै सिष्यलाई एक नासले बर्सिने गर्छ तर त्यो कृपा धारण गर्नको लागि सिष्यमा पात्रता चाहिन्छ।
चन्द्रकला सखी ज्यूको यति सानो उमेरमा यति उच्च स्तरको प्रस्तुतिले सम्पूर्ण नेपाल र नेपालीको गौरव बढाएको छ। गुरुदेबको असिम कृपा र सखी ज्यूको यो महान प्रस्तुतिमा आफुहरु प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै रुपले संलग्न हुन पाउनु आफुहरुको अहोभाग्य हो भनेर सहभागीहरुले भनेको सुन्दा आयोजक कमिटी प्रशन्नता ब्यक्त गर्दै श्री सदगुरुदेबमा कोटी कोटी कृतज्ञता र सखी ज्यूलाई कोटी कोटी नमन ब्यक्त गर्दछ। साथै यो कार्यक्रम पूर्ण रुपमा सफल बनाउन सहयोग पुर्याउनुहुने सबैमा (म्युजिक टीम, किचेन टीम, तथा अन्य) महायोग परिवार युके युरोप हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्दछौ ।






