लण्डन । बेलायतको प्लेमाउथमा भएको गोलीकाण्डमा ६ जनाको मृुत्यु भएको छ ।
आक्रमणकारी बन्दूकधारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । किह्याम क्षेत्रमा विहिबार १८ बजे भएको उक्त घटनामा परी तीन महिला, दुई पुरुष र एकजना संदिग्ध आक्रमणकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
सबैलाई गोली नै लागेको र उनीहरुका परिवारलाई यसबारे जानकारी गराइएको बीबीसीले जनाएको छ । मृत्यु हुने मध्ये एक जना १० बर्ष भन्दा कम उमेरको रहेको बताइएको छ । घाइते केहीको अस्पतालमा उपचार भइरहेको छ ।
प्लेमाउथका सांसद लुक पोलार्डले उक्त घटना अत्यन्तै पीडादायक भएको बताउँदै सो घटनाले आफू मर्माहत भएको बताए । एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले अनुसन्धान अघि बढाएको छ, सो क्षेत्रलाई शिल गरिएको छ । तर उक्त हमालामा कुनै पनि आंतककारीको भने संलग्नता नरहेको सांसद जोनी मर्सरले बताएका छन् ।.
तस्वीर गेट्टी एमेजेज






