एनआरएनए न्युजिल्यान्डको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा अधिकारी

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डको अध्यक्षमा उद्धव अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिकारीको नेतृत्वमा आगामी कार्यकाल २०२१–२३ को लागि सर्वसम्मतीमै नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा निङवर घिसिङ (साउथ आइसल्यान्ड) र भक्त सिवाहाङ (नर्थ आइसल्यान्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण भट्टराई र सहकोषाध्यक्षमा नरहरि बसेल निर्वाचित भएका छन् ।

सदस्यहरूमा विमला पोखरेल, विशाल गौतम, विष्णुविक्रम शाही, कवि गिरी, ममता खनाल, रेशमराज गिरी, रोशनी ज्ञवाली, टीकाराम राई, उर्गेन लामा चयन भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा बालकुमार गोले चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई एनआरएनए न्युजिल्यान्डका पूर्वअध्यक्ष डा. भोला प्रधानले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । एनआरएनए न्युजिल्यान्डका निर्वाचन समिति संयोजक राज महर्जनले निर्विरोध निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।