लण्डन। एनआरएनए युके राज्य समन्वय परिषद इङ्गल्याण्डको उपाध्यक्ष पदका लागि समाजसेवी तथा व्यवसायिक व्यक्तित्व भक्त दर्जीले आफुलाई मत दिएर काम गर्ने मौका दिन अनुरोध गरेका छन। सरल र समाजसेवामा सक्रिय दर्जीप्रति मतदाता र विभिन्न संघसंस्थाका अभियन्ताहरुले समेत आफ्नो साथ् र सहयोग रहने बताएपछि उनी उत्साहित भएका छन्। ब्रिटिश आर्मी क्युवोजीएलआर (QOGLR) मा २२ वर्ष टेलर मास्टरको रुपमा कामगरेपछि अवकाश प्राप्त दर्जी अहिले व्यवसायसँगै विभिन्न संघसंस्थामा सक्रिय छन् ।
सिर्जनशील समाज बेलायतको अध्यक्ष दर्जी यो भन्दा अघिल्लो कार्यकाल समेत सोही संस्थाको अध्यक्ष पदमा नै रहेर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए। यसैगरी स्याङ्जा समाज यूकेको उपाध्यक्ष समेत रहेको भक्त दर्जी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाको सल्लाहकार समेत हुन् । स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ज्याग्दिखोलामा जन्मिएका उनी हाल बेलायतको अल्डरसटमा बस्दै आएका छन्। नेपालीहरूको बाक्लो बस्ती रहेको अल्डरसटको टाउनमा रहेको “टेलर फर यु”का सञ्चालक हुन्।
आफ्नो पसलबाट १०/१२ जना नेपालीलाई रोजगार दिन पाउँदा आफूलाई खुसी लागेको उनी बताउछन। यतिमात्र नभएर पछिल्लो समयमा स्वदेशमा पनि लगानी बढाउनुपर्छ भन्ने उद्देश्यले काठमाडौंको झोरमा भक्त कृषि एण्ड पोल्ट्री फार्म समेत सञ्चालन गर्दै आएका छन्। बेलायतकै नेपाली समुदायमा सबैभन्दा बढी कार्यक्रम हुने स्थान अल्डरसट रहेको र विभिन्न संघसंस्थाको च्यारिटी र कार्यक्रमको लागि आफ्नो पसलमा स्पोन्सरको लागि भनेर आउने कसैलाई पनि खाली हात पठाउन नपरेको कुरा खुसी हुँदै बताउछन।एनआरएन युके राज्य समन्वय परिषद इङ्गल्याण्डको उपाध्यक्ष पदमा अत्याधिक मत पाएर बिजयी हुने कुरामा दर्जी विश्वस्त रहेका छन्।
दर्जीको अपिल जस्ताको त्यस्तै :
सम्पूर्ण बेलायत बासी नेपाली आमा बुवा दिदी बहिनी दाज़ु भाई मित्रहरूमा सादर नमस्कार
म भक्त दर्ज़ी विगत दुई दशक देखी यता बेलायतमा बसोबास गर्दै आएको छु। मेरो पहिचान एक्स ब्रिटिश आर्मी ना भै सानो व्यवसायीको रूपमा पनि छ, युके बसाईको क्रममा विभिन्न संघसंस्थाहरूमा आबद्ध भएर विभिन्न ज़िम्मेवारी मा बसेर काम गर्दै आएको छु,क्रमश सृजनशील नेपाली समाज युकेमा दुईकार्यकाल अध्यक्षको रुपमा तथा स्यांगजा समाज युके को उपाध्यक्षमानेतृत्व गर्दै र विभिन्न सामाजिक काम गर्दै आफ़्नो पहिचान बनाऊँन सफल पनि भाको छु,प्रवासीनेपालीहरू मा प्रवासका समस्या निवारण संगै विविध सामाजिक कार्यलाई संचालन गर्ने अवसर जुर्यो, प्रवासमा ना भै स्वदेशमा पनि विभिन्न रोजगार को लागी काम गर्दै छु, विभिन्न संघ संस्थामा काम गर्दै र आफ़ुलाई अझै सक्रिय बनाऊनी सोचका साथै नजीकिदैआइरहेको मिति 31 July 2021 (NRNA-ESCC 2021-23) मा उपाध्यक्ष पदमा प्रथम पटक उम्मेदबारी दिएको छु।हजुर सम्पूर्ण युकेमा रहनुभाको नेपाली दाज़ु भाई दिदीबहिनी मेरा समकालीन तथा अग्रज व्यक्तित्वहरूको अमुल्य वोट को अपेक्षा गरेको छु!!!! धन्यवाद सहित भक्त दर्ज़ी






