बैशाख २२ गते बाट नारायणगढमा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘गब्बर इज व्याक’को प्रदर्शनमा रोक लगाइएको इचितवनपोस्ट डटकमले जनाएको छ । युवा संघ नेपाल भरतपुर उपमहानगर कमिटी चितवनका संयोजक सुरजकुमार शाहीले चलचित्र भवनलाईनै पत्र काटी प्रदर्शन नगर्न आह्वान गरेका हुन् । शाहीद्धारा प्रेसित बिज्ञप्तिमा यही बैशाख १२ गते गएको महाभूकम्पमा सिङ्गो नेपालीको मुटु र्चििरएको अवस्थामा भारतका सञ्चारमाध्यम र नायकहरुबाट देशको राष्ट्रिय स्वधिनता र सार्वभौमीकतालाई ख्याल नगरी नुनचुक छर्ने काम भएको हुदाँ हिन्दी चलचित्र प्रदर्शन नगरी उद्दार तथा राहतमा केन्द्रित रहन अनुरोध गरेका छन् ।
अक्षयकुमारको चलचित्र ‘गब्बर इज व्याक’को प्रदर्शनमा रोक







