तक्दीर अधिकारी
सिड्नी । न्यू साउथ वेल्सको सोल हेवन क्षेत्रमा नेपालीहरुको संस्था ‘सोल हेवन नेप्लिज कम्युनिटी’ र उलङ्गगस्थित ‘गंग नेप्लिज फुटबल क्लब उलङ्गग’वीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।
एक विशेष समारोहका साथ ‘सोल हेवन नेप्लिज कम्युनिटी’ गठन गर्ने दिन दुई क्लबवीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । ११ जनाको समूह रहेको दुवै टिममा थप ५ जना खेलाडीहरुले पनि सहभागिता जनाए । ९० मिनेटको प्रतियोगितामा ५–३ को गोलले अन्तरले सोल हेवन नेप्लिज कम्युनिटीले जित हासिल गरेको थियो । जसमा निरज चौधरीले हेट्रिक गरेका थिए । दिउँसो १२ बजेबाट शुरू गरिएको उक्त खेल पौने २ बजेसम्म चलेको थियो ।
रिजनल क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई दूरीको महसुस हुन नदिनेगरी एकै चेनमा राख्ने उद्धेश्यका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको सोल हेवन कम्युनिटीका खेल क्याप्टेन राज गुरुङले बताए ।
‘घर बाहिरको घर’ भन्ने भावना कायम गर्नको निम्ती यो प्रतियोगिता आयोजना गरिएको भन्दै उनले यही मे महिनाको बीस गते उलङङ्गग क्षेत्रमा अर्काे मैत्रीपूर्ण प्रतियोगिता आयोजना भएको र त्यहाँ आफूहरु सहभागि हुन जाने उनले बताए । उक्त खेलमा उलङङ्गगको तर्फबाट खेल क्याप्टेन सौगात मन उदासले नेतृत्व गरेका थिए ।
यो पनि – अष्ट्रेलियामा ‘सोल हेवन नेप्लिज कम्युनिटी’ गठन, अध्यक्षमा मणी सिलवाल






