बृत्तचित्रले भारतमा हंगामा

नयाँदिल्ली, २१ फागुन ।  भारतको नयाँ दिल्लीमा सन् २०१२ मा भएको सामुहिक बलात्कारको विषयमा बनाइएको वृत्तचित्रले तनाव सिर्जना गरेको छ । बीबीसी र भारतको एन.डी.टीभीले संयुक्त रुपले निर्माण गरेको उक्त वृत्तचित्रमा दिल्लीमा गुडिरहेको बसमा भएको सामुहिक बलात्कारको घटनालाई मुख्य विषय बनाईएको छ ।
‘डटर अफ इन्डिया’ अर्थात भारतकी छोरी शिर्षकमा बनाईएको वृत्तचित्रमा बलात्कारी मध्येका एक दोषी मुकेश सिंहको अन्तर्वाता समेत समावेश गरिएको छ ।
अदालतबाट मृत्युदण्डको सजाँय सुनाईएका मुकेशले अन्तर्वार्तामा घटनाप्रति कुनै पश्चाताप नभएको बताँउदै उल्टै उनीहरुको कृकृत्यलाई प्रतिवाद गर्ने पिडित युवतीमाथि दोष थोपरका छन् । बलात्कारीको यस्तो अभिव्यक्तिले देशभर पुनः दंगा फैलाउने भन्दै भारतको एक अदालतले यो वृत्तचित्र प्रशारणमा रोक लगाईसकेको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि यो वृत्तचित्रमाथि रोक लगाँउदै यसले सामाजिक दंगा फैलीनसक्ने त्रास व्यक्त गरेका छन् । संसदलाई सम्बोधन गर्दै गृहमन्त्री सिंहले जेलमा रहेको बलात्कारीको अन्तर्वाता कसरी सम्भव भयो भन्ने विषयमा छानविन गर्ने बताएका छन् । उता वृत्तचित्रका निर्माता लेस्ले उडिनले भने वृत्तचित्र बनाउनु भारतीय संविधानले दिएको अभिव्यक्ति स्वतन्त्राको उपयोग हो भन्दै बलात्कारी युवकको अन्तर्वाता लिन गृह मन्त्रालय र जेल प्रशशनसँग आवश्यक अनुपति लिएको दावी गरेकी छिन् ।
विबिसीले यही मार्च ८ तारीखको दिन अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर उक्त वृत्तचित्र प्रशारण गर्ने जनाएको छ । सन् २०१२ मा दिल्ली गुडीरहेको बसमा एक २३ वर्षीय युवतीमाथि ासहुकि बलातकार हुँदा उनको मृत्यु भएको थियो । घटनाका ५ अभियुक्त मध्ये एक नाबालकलाई सुधार गृह पठाईएको छ भने अन्य ४ जनालाई मृत्युदण्डको सजाय तोकिएको छ ।